Friday, January 15

काठमाडौँको कागेश्वरी मनोहरामा महिला र पुरुष एउटै पासोमा झुण्डिएको अवस्थामा भेटीए

July 1, 2020 649

काठमाडौँ । कागेश्वरी मनोहरामा आज २ ब्यक्ति घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटीएका छन् । एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार उनीहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बसेको खुलेको छ । झुण्डिएका दुई महिला र पुरुषले एउटै पासो लगाएका छन् ।

प्रहरीका अनुसार एउटै पासोमा झुण्डिएका उनीहरु दुबैको घरबार बिग्रिएको थियो । झुण्डिएकी महिला २२ वर्षे अस्मिता हुन् भने अर्का पुरुष ३३(३४ वर्षका आसम मुसलमान हुन् । यद्यपी उनीहरु पति(पत्नी भने नभएको तर लिभिगं रिलेसनमा भने घरबेटी नभएको उक्त घरमा ४ महिनादेखि बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्मिताको पतिसँग डिर्भोस भइसकेको थियो भने मुसलमान भने पत्निलाई छाड्ने मानसिकतामा पुगेका बेला यो दुर्घटनामा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्