Saturday, March 6

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृ’तकको संख्या ३० पुग्यो

July 1, 2020 401

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ ।अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको हो ।मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको बिरामी भएको बताए ।

प्रतिकृया दिनुहोस्