Tuesday, January 26

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा ब’म वि’स्फोट गराउने मुख्य अभियुक्त पक्राउ

July 1, 2020 263

काठमाण्डौ, १७ असार । पूर्व सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा ब म वि स्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका १ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा ब म वि स्फोट गराएको अभियोगमा फ रार रहेका नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक गिरीले जानकारी दिए

प्रहरीले कालीकोट स्थायी घर भएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । ब म वि स्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको गिरीले जानकारी दिए ।

यो अर्को समाचार, भक्तपुरलाई अ परा ध मुक्त जिल्ला बनाइने
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अ प राध मुक्त जिल्ला बनाउने बताए । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने जानकारी दिए ।

कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन आग्रह गर् ।

जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताए । काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्ने औल्याए।

असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनामा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरुको लर्को लाग्ने गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्