September 6, 2020 145
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।
लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।
हेर्नुहाेस खेल तालिका
प्रतिकृया दिनुहोस्