Tuesday, January 19

शिशुलाई जङ्गलमा फा’ल्ने युवायुवती प’क्राउ

July 1, 2020 231

गलकोट (रासस) १७ असार । यही असार १३ गते बाग्लुङकाे निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फे’ला परेको शिशुको आमालाई प्रहरीले सोमबार प,क्राउ गरेको छ। प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवती लाई प,क्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि प,क्राउ गरिएको भण्डारीले बताउनुभयो । उनीहरुको पहिलेदेखिनै अवैध स’म्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अ’वैध स’म्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फा’लेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बच्चाको अवस्था समान्य रहको बताइएको छ। बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।यही असार १३गते बाग्लुङकाे निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फे’ला परेको शिशुको आमा निसीखोला–२ की १७ वर्षीया युवती लाई प,क्राउ गरेको हो । रासस

प्रतिकृया दिनुहोस्