Wednesday, March 3

कोरोना संक्रमित काठमाडौंका मेयर शाक्यले दिए यस्तो सन्देश

September 1, 2020 192

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण लगातार बढ्दैछ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले कोरोनाविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताउनु भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दु’र्व्यव’हार नगर्न आग्रह गर्नुभएको हो ।

यर शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताउनु भएको छ । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उहाँको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्