Friday, March 5

बेवारिसे शव उठाउन जसले आफ्नो जग्गा बेचे, ११ लाख ऋण लिए

June 30, 2020 857

कोरोना भाइरसको संक्रमण जोखिम उच्च छ। मानिसहरू चिनेका व्यक्तिको समेत मलामी जान छोडिसके। तर, ललितपुरका विनयजंग बस्नेत भने बेवारिसे अवस्थामा फेला परेका शव व्यवस्थापन गर्न तल्लीन छ। यो लकडाउनको अवधिमा मात्र उनले देशका विभिन्न भागका १६ भन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेका छन्। ६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बेवारिसे रूपमा फालिएका शव व्यवस्थापन गर्न लागिपरेका उनले अहिलेसम्म २ सय ५४ शवको दाहसंस्कार गरिसकेका छन्।

दाहसंस्कारमा कसरी लागे बस्नेत

उनी दाहसंस्कारमा लाग्नुको पनि उस्तै कहानी छ। १५ वर्षअघि बुवाको सवारी दुर्घटनामा परेर ज्यान गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवारिसे शव कक्ष पुगे। त्यतिखेर बेवारिसे शवहरू किरा परेको अवस्थामा देखेपछि उनको मन फेरियो। ‘बुवा सवारी दुर्घटनामा परी मृत्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य शव किरा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृत्युपछि दाहसंस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’
‘बुवा सवारी दुर्घटनामा परी मृत्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य शव किरा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृत्युपछि दाहसंस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’

उनले त्यतिखेर आफ्नो जीवनलाई सही रूपमा सदुपयोग गर्न सकेनन्। उनी कुनै समय लागूऔषध दुर्व्यसन फसे। समाजले पनि उनलाई चिन्न छाड्यो। घरपरिवारबाट पनि टाढिँदै गए। लागूऔषध दुव्र्यसनका दिन सम्झँदै उनी भन्छन्, ‘आफन्त, घरपरिवार छाडेर एकान्तका लागि रोल्पा रुकुम जाउँ जस्तो लाथ्यो। तर, राजधानीकै गल्लीमै भांैतारिएँ।’ उनले दुर्व्यसनबाट बाहिर निस्कनका लागि धेरै संघर्ष गर्नुप¥यो। जीवन बदल्ने एउटा उपाय देखे। समाजसेवामा लाग्ने। उनले समाजसेवाको बाटो अँगाले बेवारिसे शवको व्यवस्थापन गर्ने। अहिले उनी पशुपति आर्यघाटमा होस् या उपत्यका र बाहिर पनि बेवारिसे रूपमा फालिएका शवको व्यवस्थापन गर्न लागिपरेका छन्।

‘बाँचुन्जेल त मानिसले समान रूपमा बाँच्न पाएका छैनन्,’ शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा विनयजंग बस्नेतले भने, ‘मृत्युपछि पनि उसले शान्ति प्राप्त गरोस् भनेर शव व्यवस्थापनमा लागेको हुँ।’ शवको व्यवस्थापनसँग उनले उनीहरूको श्राद्ध पनि गरिदिने गरेका छन्। ‘विगतमा क्रिया पनि बस्ने गरेको थिएँ। तर, क्रिया बसेको मान्छे शव जलाउन जानैपर्ने अवस्था आएपछि पण्डित खोजेर क्रिया गराउने गरेको छु,’ उनले भने, ‘वर्षको एक पटक सामूहिक श्राद्ध पनि गर्छु।’ कोरोना जोखिमको समयमा परिआए कोराना संक्रमितको शव पनि व्यवस्थापन गर्न आफू तयार रहेको उनले सुनाए। अहिले शव व्यवस्थापन मात्र होइन उनले सडकमा बेवारिसे भएका व्यक्तिलाई राख्नका लागि आश्रम खोल्ने तयारी गरेका छन्। यसका लागि उनले ललितपुरमा रहेको चार रोपनी जग्गा बेचेका छन्। बैंकबाट पनि ११ लाख रुपैयाँ ऋण लिएको उनले सुनाए।

अहिले उनलाई साथ दिन म्याग्दीकी सपना रोकामगर पनि पुगेकी छन्। तीन महिनादेखि उनीसँगै शव व्यवस्थापनमा खटिएकी १८ वर्षीय रोकामगरले आफैं शव बाँध्नेदेखि जलाउने काम गर्छिन्। यसको श्रेय बस्नेतलाई नै दिन्छिन् उनी। काठमाडौंका दुइटा स्थानमा सुधारगृह खोलेका छन्। जाँडरक्सी खानेहरूका लागि ललितपुरको ‘लामाटार’ र ‘भैंसेपाटी’ मा रिहाब सेन्टर खोलेका छन् उनले। जहाँ रक्सीको छुटकारा पाउन उपायहरू सिकाउने गर्छन्। अहिले उनलाई साथ दिन म्याग्दीकी सपना रोकामगर पनि पुगेकी छन्। तीन महिनादेखि उनीसँगै शव व्यवस्थापनमा खटिएकी १८ वर्षीय रोकामगरले आफैं शव बाँध्नेदेखि जलाउने काम गर्छिन्। यसको श्रेय बस्नेतलाई नै दिन्छिन् उनी।

‘मैले उहाँले गरेका काम युट्युब च्यानलबाट हेर्ने गरेकी थिएँ। उहाँको काम देखेर म प्रभावित भएँ,’ उनले भनिन्, ‘यस अभियानमा सहभागी हुन पाउँदा खुसी छु।’ उनी यस अभियानमा जोडिनका लागि नै म्याग्दीदेखि ललितपुर पुगेकी हुन्। उनका बुवाआमाले कृषि पेसा अंगालेका छन्। घरपरिवारबाट पनि सहयोग पुगेको उनले बताइन्। १२ को परीक्षा दिएर बसेकी उनले अहिलेसम्म १६ वटा शव एक्लै व्यवस्थापन गरेको सुनाइन्। ७७ जिल्लामा बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र खोल्ने बस्नेतको योजना छ। अहिलेसम्म २४ जिल्लामा शाखा खोलिसकेका छन्। पछिल्लो समयमा विभिन्न संघसंस्थाले पनि सहयोग गर्दै आएको उनी बताउँछन्। शाखा विस्तारका क्रममा चितवन आएका उनले शाखा गठन भएका जिल्लामा १० सदस्य समिति बनाएको उनले बताए। चितवनमा बनेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले कार्यभार सम्हालेको छ। ११ सदस्यीय पहिलो कार्यसमिति यही ४ गते गठन भए पनि शनिबार औपचारिक रूपमा कार्यभार सम्हालेको हो।

केन्द्रीय अध्यक्ष विनयजंग बस्नेतले जिल्ला कार्यसमितिलाई स्वागत गरे। जिल्ला अध्यक्ष सीता कुँवर, उपाध्यक्ष प्रकाश थापा, सचिव विमल सापकोटा, सहसचिव रोजिना त्रिपाठी, कोषाध्यक्ष सीमा घतान बिक छन्। सदस्यमा जय भोले, शंकर तिवारी, पवन उपाध्याय, सुलभ मिश्र, कमला पण्डित र आकांक्षा पोखरेल छन्। ‘सहाराविहीन सडक मानवमुक्त महानगर घोषणा भइसकेको छ। तर, अझै पनि केही सडकमै आश्रित छन्,’ जिल्ला अध्यक्ष सीता कुँवरले भनिन्, ‘सहाराविहीन व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराइने छ।’

प्रतिकृया दिनुहोस्